SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन बन्दसत्रमा रविको सम्बोधन- पुरानै शैलीले फरक परिणाम सम्भव छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।