SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

रासायनिक मलको विकल्पमा ढैँचा

पाल्पा । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुगेको छ । समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् ।