SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

सुकुमबासीलाई कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौंका नदी किनारबाट हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा लगिएका सुकुमबासी तथा भूमीहिनहरुलाई उक्त स्थान छाड्न भनिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आगामी असार १२ गतेसम्म (५ दिनभित्र) होल्डिङ सेन्टर खाली गर्न भनेको हो । समितिले आगामी शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गरेर स्वव्यवस्थापन गर्न भन्दै सूचना टाँस गरेको छ ।