बल्ल सुरु भयो रास्वपाको बन्दसत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार गर्ने भनिएको थियो । तर प्राविधिक कमजोरीका कारण सोमबार बन्दसत्र सुरु हुन नसक्दा आज मात्र बन्दसत्र सुरु भएको हो । रास्वपाका महाधिवेशन प्रतिनिधिहरुको टुंगो नलाग्दा बन्दसत्रका लागि ढिलाइ भएको थियो ।
