डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिए, ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित
प्रविधिको द्रुत विकास र आधुनिक व्यावसायिक मोडेलका कारण विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ । यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ ।
