SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

सङ्खुवासभा । गए राति लाक्पा शेर्पाको घर आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।