के आधारमा निर्धारण गरिन्छ बैंकका सीईओहरुको तलब तथा सुविधा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको तलब तथा सुविधाका लागि नयाँ मापदण्ड तय गरेको छ । राष्ट्र बैंकले शुक्रबार ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०८३’ जारी गर्दै नयाँ मापदण्ड ल्याएको हो ।
