सुधनको सचिवालयले भन्यो- ‘गृहमन्त्रीमाथि आक्रमण भएको हल्ला भ्रामक हो’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ माथि आक्रमण भएको भन्ने समाचार भ्रामकभएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलाइएका आक्रमणसम्बन्धी हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । सचिवालयका अनुसार गृहमन्त्री गुरुङ सुरक्षित रहेका छन् र उनीमाथि कुनै किसिमको आक्रमण नभएको बताइएको छ ।
