SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनः बन्दसत्र दिउँसो २ः०० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।