झापा पुगे सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार उनी झापा गएका हुन् । मंगलबारै हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने छन् । भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक रहेका निश्कल राई पनि सहभागी हुनेछन् ।
