SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : दिउँसो २ बजेबाट बन्द सत्र सुरु हुने

भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र दिउँसो २ बजेबाट सुरू हुने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि सुरु हुने बन्द सत्रमा साढे २ बजेभित्र अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् त्यसमाथि छलफल हुनेछ।