SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

रास्वपा सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य, प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारका प्रस्तावक र समर्थकका लागि आवश्यक मापदण्ड तोकेको छ । निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार पार्टी सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रस्तावक र समर्थकसम्बन्धी निर्धारित नियम अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।