घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ८८ हजार ७ सयमा कारोबार भएको सुनलआज १६ सयले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
