द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौँ । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई मङ्गलबार छात्रवृत्ति प्रदान गरिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्रछात्रालाई जनही रु १० हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।
