रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनमा दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुने भएको छ । सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ ।
