हर्मुज जलडमरूमध्य खुला भएको छ : अमेरिकी उपराष्ट्रपति भेन्स
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल खुला रहेको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी सुचारु भएको बताएका छन् । स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित अमेरिका–इरान वार्ताको पहिलो सत्रको समापनपछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति भेन्सले उक्त जानकारी दिएका हुन् ।
