अस्ट्रेलियामा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद
एजेन्सी । अस्ट्रेलियाली अधिकारीहरूले सिड्नीको उत्तर–पश्चिम क्षेत्रबाट २.७ टन कोकिन बरामद गरेका छन् । यो अस्ट्रेलियाको इतिहासमै लागुऔषधको सबैभन्दा ठूलो बरामदगी भएको अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) ले सोमबार जानकारी दिएको छ । प्रहरीकाअनुसार गत शुक्रवार सिड्नीको केन्द्रिय भागबाट ५० किलोमिटर टाढा पर्ने लण्डनडेरीस्थित एक घरमा छापा मार्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारिएको हो ।
