SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

भोजपुरको पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो ।