कांग्रेसबाट विजयी भएर रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्षसहित तीन जनप्रतिनिधि पदमुक्त
काठमाडौं । नेपाली कांग्रेसबाट विजयी भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका तीन जनप्रतिनिधि पदमुक्त भएका छन् । पदमुक्त हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल छन् ।
