SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो । पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ ।