SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

कतारको ग्यास प्लान्टमा विस्फोट : १३ जनाको मृत्यु, नेपालीसहित दर्जनौँ घाइते

कतार । कतारको रस लाफान औद्योगिक सहरस्थित ग्यास प्रशोधन प्लान्टमा सञ्चालन सुरु गर्ने क्रममा ठूलो विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १२ जना भारतीय नागरिक रहेका छन् । घटनामा नेपालीसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियाका नागरिकहरू घाइते भएका छन् ।