कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसबाट संक्रमित हुनेहरूको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले आईतवार सार्वजनिक गरेको पछिल्लो महामारीसम्बन्धी प्रतिवेदनअनुसार संक्रमितको संख्यामा वृद्धि भएको हो । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
