SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

तमिल नाडुमा अमोनिया ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, ६० बढी अस्पतालमा

एजेन्सी । भारतको दक्षिणी राज्य तमिल नाडुस्थित एक समुन्द्री खाद्य (सीफुड) प्रशोधन केन्द्रमा अमोनिया ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ६७ जना अस्पताल भर्ना भएका छन् । आधिकारिक स्रोतकाअनुसार प्रशोधन केन्द्रबाट शुरु भएको अमोनिया ग्यासको चुहावट तिब्र रूपमा परिसरभरि फैलिएको थियो ।