अमेरिका–इरान वार्ता: ६० दिनभित्र अन्तिम सम्झौताको मार्गचित्र तयार हुने
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले स्विट्जरल्याण्डको बुर्जेनस्टोकमा सम्पन्न अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता सकारात्मक रहेको बताएका छन् । इस्लामावाद समझदारी पत्रअन्तर्गत आयोजित उक्त पहिलो चरणको वार्ता सफल भएको र आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एक मार्गचित्र (रोडम्याप) मा सहमति जुटेको उनले जानकारी दिए ।
