कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दिँदा सात जना घाइते
काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् । सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो ।
