सामान्य विवादमा चक्कु प्रहार गरी युवकको हत्या, तीन जना पक्राउ
भक्तपुरको नगरकोटमा सामान्य विवादले उग्र रूप लिँदा भएको झडपमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१, नगरकोटस्थित क्षेत्रमा ८ असार राति करिब १० बजे सामान्य विवादका क्रममा झैँ–झगडा भएको थियो ।
