काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि खोखो प्रतियोगिता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलो पटक विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा पहिलो पटक महानगरपालिकाव्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्न लागिएको जानकारी दिइयो ।
