सम्पत्ति छानबिनबारे उठाइएका प्रश्नमा जनार्दन शर्माको स्पष्टीकरण, भने– ‘सम्पत्ति छानबिनको विषय मैले नै उठाएको हुँ’
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनको विषयमा आफूले नै सबैभन्दा बढी आवाज उठाएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । अहिले आफ्नो नाम जोडेर मिडिया ट्रायल मार्फत भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
