फिफा विश्वकप : नर्वेसँग सेनेगल ३-२ गोलले पराजित
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ । न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो । खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
