SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

साढे दुई करोडभन्दा बढी मूल्यका ७७०० थान भेपसहित एक जना पक्राउ

सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका ठूलो परिमाणका भेप (विद्युतीय चुरोट) बरामद गरेको छ। प्रहरीले २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका ७ हजार ७ सय थान भेपसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।