एक दिन ढिलाइपछि रास्वपा महाधिवेशनको बन्दसत्र आज हुँदै, प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्र आज हुने भएको छ। प्रतिनिधिहरूलाई परिचयपत्र (कार्ड) वितरण गर्न बिहान ७ बजेदेखि काम सुरु गरिएको छ । बन्दसत्र सोमबार नै सुरु गर्ने योजना थियो । तर प्रतिनिधिहरूको नामावली मिलाउने र परिचयपत्र छाप्ने काम पूरा नभएकाले कार्यक्रम एक दिन पछि सारिएको थियो ।
