SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको सङ्ख्या २२ हजार ३२१ पुगेको छ । राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले गत वैशाख २ गतेदेखि यही असार ७ गतेसम्म सञ्चालन गरेको तथ्याङ्क सङ्कलनका क्रममा जिल्लाभरि २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना गरिएको कार्यालयका सहायक आर्थिक गणना अधिकारी रुद्र अधिकारीले बताए ।