SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित ३ जनाको मृत्यु

सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदलयात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ।