SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

परदेशमा सहिदको पदचाप

प्रथम सहिद लखन थापा प्रतिष्ठानका सदस्यहरूसहित दार्जिलिङ र सिक्किमको यात्रा पूरा गरेपछि हाम्रो टोलीको गन्तव्य बन्यो– भारतको राजधानी दिल्ली। उद्देश्य थियो, प्रथम सहिद लखन थापासँग जोडिएका ऐतिहासिक तथ्य र स्थलहरूको अध्ययन–अनुसन्धान। हवाई मार्गबाट दिल्ली ओर्लंदै गर्दा मेरो मानसपटलमा दशकौंअघिका स्मृतिहरू सलबलाउन थाले।मैले दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गर्दा तत्कालीन नेपाली राजदूत जगदीशशमशेर राणाको विशेष सहयोगमा इन्डिया गेटस्थित राष्ट्रिय अभिलेखालय पस्ने अवसर पाएको थिएँ।