SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : प्रतिनिधि कार्ड वितरणपछि बन्द सत्र भोलि बिहानबाट सुरू हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।