SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनको सन्दर्भमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी निश्चित भएको जानकारी गराएका हुन्।