SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई काठमाडौं ल्याइँदै, पक्राउ अघि घरमा गरिएको थियो छापा

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याइदैछ । सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीसहितको टोलीद्वारा पक्राउ गरिएका उनलाई काठमाडौं ल्याउन लागिएको हो । पौडेल पार्टीको कार्यक्रममा सुर्खेत पुगेका थिए। सोही क्रममा उनी पक्राउ परेका हुन् । पौडेललाई पक्राउ गर्नुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको खुलेको छ ।