SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाका पूर्वकानूनमन्त्रीलाई २५ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ । सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ । यो फैसला सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार सुनाएको हो ।