विद्यालय गएका बालक जेठ ७ गतेदेखि बेपत्ता
महोत्तरी । जलेश्वर नगरपालिकाको– १२, थरुवाही गाउँबाट विद्यालय गएका गौतम यादव जेठ ७ गतेदेखि बेपत्ता छन् । थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनम यादवका छोरा बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढ्न गएदेखि घर फर्केका छैनन् ।
