पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह सक्रिय बनेको हो ।
