प्रधानमन्त्रीले गरे हात्ती प्रजनन केन्द्रको निरीक्षण
प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्।
