SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

आर्थिक गणना : १३ लाख ५१ हजार बढी व्यवसायको विवरण सङ्कलन

राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ मा कागजी प्रश्नावली र इ–सेन्सस दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ ।