बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं : बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएका छन्। उनले लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने घोषणा गरेका हुन्। उनको निर्णयसँगै नयाँ नेता तथा भावी प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धाको बाटो खुलेको छ।डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै स्टार्मरले आगामी आमनिर्वाचनमा लेबर पार्टीलाई नेतृत्व गर्न आफू उपयुक्त नरहेको निष्कर्षमा पुगेको बताए। उनले आफ्नो पदत्यागबारे बेलायतका राजालाई जानकारी गराइसकेको पनि बताए।
