SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

३६४ अस्पतालले पाए स्वास्थ्य बीमा बापतको रकम, २३ अर्ब बढी भुक्तानी दिँदा कसलाई कति ?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आवद्ध अस्पताल तथा प्रतिष्ठानहरुका लागि २३ अर्ब बढी बीमा वापतको रकम भुक्तानी गरेको छ । बोर्डले लामो समयदेखि स्वास्थ्य बीमाको दाबी भुक्तानी पाउन नसकेका अस्पतालहरुलाई २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४ सय १९ रुपैयाँ भुक्तानी गरेको हो ।