SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरण : महानिर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।