SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

काठमाडौंको विभिन्न स्थानमा यात्रुलाई दु:ख दिने १० जना पक्राउ

काठमाडौं : यात्रुलाई दु:ख दिने १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जनालाई पक्राउ गरेको हो।