SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, विद्यार्थी फसेको आशंका

काठमाडौं : भारतको लखनउस्थित एक कोचिङ सेन्टरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीमा परेर केही विद्यार्थी भवनभित्र फसेको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।अग्निशमन विभागका अनुसार अलिगञ्ज प्रहरी क्षेत्रको उषा मेहता मार्गमा रहेको कोचिङ सेन्टरमा दिउँसो करिब ३ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणका लागि हाइड्रोलिक प्लेटफर्म गाडीसहित १४ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ।आगो लागेपछि त्रसित विद्यार्थीहरू ज्यान जोगाउन भवनको पहिलो तलाबाट हाम फालेका थिए।