याडेआको ‘किनेस’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा
काठमाडौं । विश्वको चर्चित विद्युतीय दुईपाङ्ग्रे ब्राण्ड याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सोमबार आयोजित एक कार्यक्रममा किनेस सार्वजनिक गरिएको हो । किनेसले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
