वित्तीय अपराध नियन्त्रणमा नेपालको कमजोर उपस्थिति : अहिले पनि ‘ग्रे लिस्ट’ कै निरन्तरता
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई पुनः जोखिमपूर्ण मुलुकहरूको ‘खैरो सूची’ मा यथावत् राख्ने निर्णय गरेको छ । गैरकानुनी धनलाई वैध बनाउने सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सवालमा नेपालको फितलो प्रयास पुनः अन्तर्राष्ट्रिय मञ्चमा उजागर भएको छ ।
