SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम र लुम्बिनीका तराईमा हिटवेभको चेतावनी, तापक्रम ४१ डिग्रीसम्म पुग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ । विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भू-भागमा भने तापमान बृद्धिको अनुमान गरिएको छ ।